त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग
२०८१ भदौ १७, ०८:३०
काठमाडौँ: त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका लागि आवेदन माग गरेको छ।
क्याम्पस प्रमुख छनोट समितिले आज सूचना जारी गर्दै काठमाडौँ उपत्यकाका तीन सहित ११ क्याम्पसका लागि क्याम्पस प्रमुख पदमा आवेदन माग गरेको हो। योग्य उम्मेदवारले सात दिनभित्र [email protected] इमेल ठेगानामा आवेदन पठाउन सक्ने सूचनामा उल्लेख छ।
हेर्नुहोस् सुचना:

कमेन्ट लोड गर्नुस