सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा खैरो हेरोइनसहित २ जना पक्राउ

२०८३ जेठ ५, ०८:२० खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन्।

जिल्लाको कृष्णपुर नगरपालिका–९ पिपरिया स्थित घरमा लागूऔषध कारोबार भई रहेको भन्ने गोप्य सूचनाको आधारमा सोही ठाउँ बस्ने २८ वर्षीय फुलचरण राना र २७ वर्षीय हरिस राना पक्राउ परेका हुन्।

उनीहरुको घर कोठामा खानतलासी गर्दा फुलचरण रानाको घर कोठाबाट ८ ग्राम ८७० मिलिग्राम र हरिस रानाको घर कोठाबाट ६५० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइनसहित सोमबार राति प्रहरीले पक्राउ गरेको हो। लागूऔषध नियन्त्रण व्युरो शाखा धनगढी र इलाका प्रहरी कार्यालय रैकवार, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थसहित दुवै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको हो।

कमेन्ट लोड गर्नुस