सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज मोती जयन्ती मनाइँदै

२०८१ भदौ १७, ०७:५७ खबर संवाददाता

काठमाडौँ: राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९औँ जन्मजयन्ती आज विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ।

विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पु¥याएका थिए।
नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र्याएका थिए।

यही छापाखानामार्फत नेपालमा पत्रकारिताको सुरुआत भएको हो। दिवसका अवसरमा आज नेपाली शिक्षा परिषद्लगायत विभिन्न संस्थाले कार्यक्रम आयोजना गर्दैछन्। यसै अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आजदेखि नेपाली समाचार सेवा औपचारिक रूपमा २४सै घण्टा सञ्चालनमा ल्याउने भएको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सेवाको आज औपचारिक शुभारम्भ गर्ने कार्यक्रम रहेको छ। राससले यही भदौ ११ गतेदेखि परीक्षणका रूपमा नेपाली समाचार सेवाको २४सै घण्टा सञ्चालन गरिरहेको छ।

कमेन्ट लोड गर्नुस