सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा नेकपाका नेताद्धारा मन्दिरको योजनामा घरमा सौर्य बत्ती जडान

२०७६ जेठ ३१, ०५:१६ खबर संवाददाता

दार्चुलामा नेकपाका प्रदेश नेताले मन्दिर नभएको ठाउँमा योजना पारेर सौर्य बत्ती घरमा जडान गरेको पाईएको छ। नेकपाका सुदूरश्चिम प्रदेश कमिटि सदस्य दिपक जोशीले मन्दिर नभएको ठाउँमा योजना पार्दै फर्जी कागजपत्र पेश गरी सौर्य बत्ती घरमा जडान गरेको पाईएको छ।

जोशीले २०७३ सालमा महाकाली नगरपालिका वडा नम्बर ५ को किम्तडीमा देहिमाण्डौँ मन्दिरका लागि सौर्य उर्जा जडान गर्ने भन्दै वैकल्पीक उर्जा प्रवद्र्धन केन्द्रबाट योजना पारी काम गरेको देखाएका छन्। तर किम्तडीमा देहिमाण्डौँ मन्दिर नै छैन्। जोशीले फर्जी छाप बनाई मन्दिरमा सौर्य उर्जा जडान गरिएको भन्दै वैकल्पीक उर्जा प्रवर्दन केन्द्र खुमलटार ललितपुरलाई लेखि पठाएका छन्।

उनले सौर्य उर्जा जडान गरेको फर्जी फोटो समेत पेश गरी भुक्तानी लिएको आरोप लागेको छ। उर्जा प्रवर्दन केन्द्रको टोली स्थलगत नीरिक्षणका लागि दार्चुला पुगेपछि  जोशीले मन्दिर नभएको ठाउँमा योजना पारेर आफ्नो घरमा सौर्य बत्ती जडान गरेको पुष्टि भएको हो।  तर अहिले जोशीले अर्को मन्दिरको भराण घर (मन्दिरमा चढाईका समान राख्ने घर) मा सोलार जडान गरिएको भन्दै वैकल्पीक उर्जा प्रवर्दन केन्द्रको टोलीलाई झुक्याइरहेको स्थानीयले आरोप लगाएका छन्।

स्थलगत नीरिक्षणमा आएका वैकल्पीक उर्जा प्रवर्दन केन्द्र खुमलटारका प्राविधिक ललितजंग कार्कीले उक्त स्थानमा देहिमाण्डौँ मन्दिर  नभेटिएको बताए। तर जोशीले  भराण घरमा सौर्य उर्जा जडान गरेको बताइरहेको जनाए। यता नेकपाका सुदूरपश्चिम प्रदेश कमिटि सदस्य समेत रहेका दिपक जोशीले अहिले भने मन्दिरको नाम फरक परेको दावी गरिरहेका छन्।

उनले दिनेश खबरसंग पनि सोलार बत्ती भराण घरमा जडान गरिएको जिकिर गरे।  वैकल्पीक उर्जा प्रवर्दन केन्द्रका अनुसार २०७३ सालमा दार्चुलाका विभिन्न २४ वटा मन्दिरमा अनुदानमा सौर्य बत्ती जडानको कार्यक्रम परेको थियो। प्रवर्दन केन्द्रका प्राविधिक कार्कीले अहिले सबै मन्दिरको अनुगमन नीरिक्षणको काम जारी रहेको जानकारी दिदै दार्चुलाबाट फर्केपछि कार्यालयलाई प्रतिवेदन पेश गर्ने बताए। अहिले सम्म अनुगमन नीरिक्षण गरिएका अन्य स्थानमा भने सौर्य बत्ती जडान भएको पाईएको उनले जानकारी दिए।   
 
  
कमेन्ट लोड गर्नुस