सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैदेशिक रोजगारीको क्रममा अभिभावक गुमाएका विद्यार्थीलाई छात्रवृत्ति

। फोटो स्रोत ।
२०७६ जेठ ३१, ०५:१२

वैदेशिक रोजगारीको क्रममा अभिभावक गुमाएका २४ विद्यार्थीले छात्रवृत्ति पाएका छन। शिक्षा विकास तथा समन्वय इकाईले रामेछापका निमावि तहका २१ र मावि तहका ३ जना विद्यार्थीको छात्रवृत्ति वापतको २ लाख १६ हजार रुपैयाँे बालबालिकाहरुका संरक्षकलाई उपलब्ध गराएको हो। निमावि तहका विद्यार्थीलाई वार्षिक ८ हजार रुपैयाँ र मावि तहका विद्यार्थीलाई वार्षिक १२ हजार रुपैयाँका दरले छात्रवृत्ति दिने गरिएको छ। 

अघिल्लो आर्थिक वर्षमा जम्मा २६ जना बालबालिकाका संरक्षकले शिक्षा विकास तथा समन्वय इकाई मन्थलीमार्फत बोर्डमा निवेदन दिएका थिए। आप्रवासी स्रोत केन्द्र मन्थलीले आवश्यक कागजात बनाउन सहजीकरण गरेको थियो। वैदेशिक रोजगार बोर्डले  वैदेशिक रोजगारीको क्रममा श्रम अवधि भित्रै कामदारको मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा उनीहरुको छोराछोरीहरुलाई शिक्षामा सहयोग र्पुयाउन २०७३ सालदेखि छात्रवृत्ति प्रदान गर्दै आएको छ।
 

कमेन्ट लोड गर्नुस