सुदूर नेपाललाई विश्वसँग जोड्दै

अध्यक्ष ‘प्रचण्ड’ आज धनगढी आउँदै

२०८१ भदौ १२, ०९:५६ खबर संवाददाता

धनगढी: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज धनगढी आउँदैछन्। पार्टीको प्रदेश परामर्श बैठकमा सहभागी हुन अध्यक्ष ‘प्रचण्ड’सहित पार्टीका पदाधिकारी टोली आज धनगढी जान लागेका हुन्।

‘प्रचण्ड’सहित पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय अग्नि सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, हरिबोल गजुरेललगायत नेताहरू पनि धनगढी जाने भएका हुन्।

माओवादीको सुदूरपश्चिम प्रदेश संयोजन समितिमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठक आज बिहान ११ बजेबाट स्वास्थ्य तालिम केन्द्रमा सुरु हुँदैछ। दुई दिनसम्म चल्ने बैठकमा सुदूरपश्चिमबाट पार्टीका ६५ जना केन्द्रीय सदस्य र १२ जना प्रदेशका पदाधिकारी सहभागी हुने माओवादी केन्द्रका प्रदेश सचिव जनकबहादुर बुढाले जानकारी दिए।

कमेन्ट लोड गर्नुस