सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको निसर्ग अस्पतालमा तीजको अवसरमा छुट

२०८१ भदौ ११, ०८:४८

धनगढी : धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले तीज र ‘बुबाको मुख हेर्ने दिन’लाई लक्षित गरेर उपचारमा छुट दिन थालेको छ। भदौ १० गतेदेखि नै छुट योजना कार्यान्वयनमा आएको अस्पतालले बताएको छ।

अन्य समयमा पाँच हजार ५५० पर्नेमा तीजको अवसरमा विशेष सहुलियतसहित तीन हजार आठ सय कायम गरिएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार सुविधाहरू भदौ ३१ गतेसम्म सञ्चालन गरिने भएको हो।

महिलाहरूका लागी तीज प्याकेज अन्तर्गत गाइने कन्सल्टेन्ट, ओपिडि, सुगर जाँच, सिविसी, क्रेटिनाइन, टिएसएच, युरिन रुटिङ, प्याप स्मेर, पेटको अल्टासाउण्ड लगायतका जाँच पर्नेछन्। यो प्याकेज भदौ ३१ गतेसम्म सञ्चालन हुने छ।

यस्तै, निसर्ग हस्पिटलले बुबाको मुख हेर्ने दिनको अवसर पारेर पनि छुटको घोषणा गरेको छ। अरू बेला ५ हजार ४५० पर्नेलाई औँसीको अवसर पारेर तीन हजार आठ सय रुपैयाँ कायम गरिएकोे छ। ‘फादर्स डे’ प्याकेजमा फिजिसियन कन्सल्टेन्ट, सिबिसि, आरबिएस, आरएफटि, टिएफटि, इसिजि, छातीको एक्सरे, पेटको एक्सरे, यूरिन रुटिन लगायतका जाँचहरू पर्नेछन्।

१० गतेदेखि भदौ ३१ गतेसम्म अस्पतालले छुट दिने भएको हो।

 

कमेन्ट लोड गर्नुस