सुदूर नेपाललाई विश्वसँग जोड्दै

गाइवस्तुको सोत्तर र मलको रुपमा प्रयोग गरिदै अल्लो

। फोटो स्रोत ।
२०७६ जेठ ३१, ०८:२६

उदयपुरको पहाडी क्षेत्रमा पाइने अल्लो गाइवस्तुको सोत्तर र मलको रुपमा प्रयोग गरिदै आएको छ। जिल्लाका दुई दर्जन बढी गाउंमा प्रसस्त मात्रामा पाइने अल्लोको स्थानीयलाई महत्व र प्रशोधन गर्ने तरिका थाहा नहुँदा वर्षौंदेखि किसानको गाई–भैंसी गोठमा अल्लो कुहिँदै आएको हो। जंगल, पाखा, पखेरा र करेसाबारीमा प्रशस्त पाइने अल्लोलाई स्थानीयवासीले गाईवस्तुको खोले र खेतीका लागि मल बनाउन प्रयोग गर्दै आएको स्थानीय बताउँछन्। 

नेपालमा उत्पादित अल्लोको कपडा विदेशमा समेत निर्यात हँुदै आएको छ। तर, महँगो मूल्यमा बिक्री हुने अल्लोको कपडा बुन्न आवश्यक धागो उत्पादन गर्नेतर्फ समेत जिल्लामा कसैको ध्यान पुग्न सकेको छैन। अल्लो प्रवद्र्धनका लागि सम्बन्धित निकायको ध्यान जान नसक्दा लाखौं रुपैयाँबराबरको अल्लो बर्से्नि किसानको मल खाडीमा कुहिरहेको छ। 

अल्लोको बारेमा चेतना नहुँदा सर्वसाधारणले काटेर मलखाडीमा पुर्ने र कतिपयले खोलेको रूपमा प्रयोग गर्ने गरेको स्थानीयले बताए। खेतबारीको छेउमा आफैं उम्रिने अल्लोले अन्न्नबालीलाई नोक्सानी गर्ने गरेकाले किसानले काटेर मल बनाउने गरेको स्थानिय बताउंछन्। पूर्वका जिल्लाहरुमा पनि अल्लोको खेती नै सुरु गरिएको छ। व्यावसायिक रूपमै खेती गर्ने त्यहा“का किसानले अल्लोलाई प्रशोधन गरेर कपडा तयार गरी प्रसस्त लाभ लिइरहेका छन्। तर, उदयपुरको पहाडी क्षेत्रमा खेती नै नगरी प्रसस्त मात्रामा उत्पादन भइरहेको अल्लो प्रयोगमा आउन सकेको छैन। 

“उदयपुर जिल्लाको पहाडि क्षेत्रमा १०÷१५ वर्षसम्म पुग्ने अल्लो त्यतिकै खेर गइरहेको छ।” ताम्लिछाका श्याम भट्टराईले भने, “केही गैरसकारी संस्थाले सिस्नु प्रशोधनका लागि प्रयास गरे पनि अल्लोको बारेमा स्थानीयमा चेतनै आउन सकेको छैन।” अल्लोको महत्व बुझाउँदै गाउँलेलाई प्रशोधन गर्ने तरिका सिकाइदिने हो भने यसबाट धेरै किसानले लाभ लिने उनको भनाइ छ।

नेपालमै महँगोमा बिक्री हुने अल्लोको कपडा पछिल्लो समय विदेशसमेत निर्यात हुन थालेको छ। तर, आवश्यक ज्ञान र प्रसोधनको अभावमा बर्से्नि लाखौं रुपैयाँ आम्दानी लिन सकिने अल्लो उदयपुरको पहाडी क्षेत्रमा भने वर्षौंदेखि किसानका मलखाडीमा कुहिरहेको छ।
 

कमेन्ट लोड गर्नुस