सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा लागुऔषधसहित जिप धनी र चालक पक्राउ

२०८१ भदौ ७, ०३:०७ खबर संवाददाता

बझाङः बझाङमा लागुऔषधसहित जिप धनी र चालक पक्राउ परेका छन्।

आज (शुक्रबार) जिल्लाको बित्थडचिर गाउँपालिका–३ दुधढल्ला स्थित जयपृथ्बी राजमार्गमा बागथलाबाट धनगढीतर्फ जादै गरेको चालक बुंगल नगरपालिका–२ दहबगर पौटाका २९ वर्षीय दिपक धामी र जिप धनी लागुऔषधसहित पक्राउ परेका हुन्।

सुदूरपश्चिम प्रदेश ०१००१ च ३९३३ नम्बरको जिपलाई प्रहरी चौकी स्याडीको इन्ट्री पोष्टमा प्रहरी हवल्दार तारादत्त पाण्डेयको कमाण्डमा ५ जनाको प्रहरी टोलीले चेकजाँच गर्दा जिप साहु ४५ वर्षीय आइते धामीले उक्त जिपको पछाडी राखेको पँहेलो मकैको कट्टाभित्र बाहिर सेतो प्लाष्टिक र भित्र कालो प्लाष्टिकमा ९ वटा पोका लागुऔषध लुकाई राखेको अवस्थामा फेला परेपछि चालक, साहु र जिपसहित नियन्त्रणमा लिएर प्रहरी चौकी स्याडीमा राखिएको छ। थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी निरीक्षक किशोर जोशीको कमाण्डमा खटिएको प्रहरी टोली खटिएर थप अनुसन्धान गर्ने काम भइरहेको छ।

कमेन्ट लोड गर्नुस