सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेलकुद संघहरूलाई राष्ट्रिय खेलकुद परिषद मातहत राख्न नमिल्ने

। फोटो स्रोत ।
२०७६ जेठ ३०, ०५:३४

युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले खेलकुद संघहरूलाई राष्ट्रिय खेलकुद परिषद मातहत राख्न नमिल्ने बताएका छन्। बिहिबार संघीय संसदको विधायन व्यवस्थापन समितिको बैठकमा उनले खेलकुद संघहरू अन्तराष्ट्रिय खेलकुद संघहरूको मातहत पनि रहने भएकाले यसलाई राष्ट्रिय खेलकुद परिषदको मातहत राख्न नमिल्ने बताउँदै उनले खेलकुद संघहरूलाई स्वायत्त संस्थाको रूपमा कानुनमा पनि व्यवस्था गर्न लागिएको स्पष्ट पारे। 

सो बैठकमा ‘राष्ट्रिय खेलकुद विकास विधेयक, २०७५’ माथिको छलफलमा समितिका सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिंदै उनले ओलम्पिक चार्टरमा नेपाल अनुबन्ध भएकाले खेलकुद संघहरूलाई राष्ट्रिय खेलकुद परिषद मातहत नराखी स्वायत्त निकायको रूपमा राख्ने कानुनी व्यवस्था गर्नुपरेको पनि बताए।

उनले खेलकुद संघहरूलाई वडास्तरमा पनि गठन गर्ने कानुनी व्यवस्था गर्न लागिएको बताउंदै उनले खेलकुद संघहरूलाई कडा नियमन हुने गरी सो विधेयक ल्याइएको पनि बताए।
 

कमेन्ट लोड गर्नुस