सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा ४८ हजार मूल्यको म्याद नाघेको सामग्री बरामद

२०८१ भदौ ४, ०६:२० खबर संवाददाता

बैतडीः बैतडीको पाटन बजारमा अनुगमन गरिएको छ। पाटन नगरपालिकाको संयोजनमा बजार अनुगमन गरिएको हो।

मंगलबार बजार अनुगमन गर्दा ४८ हजार मूल्यको म्याद नाघेको सामग्री बरामद गरेर नष्ट गरिएको अनुगमन समितिका संयोजक एवं नगरपालिकाका उप–प्रमुख कमलसिंह बोहराले बताए।

चाडपर्व लक्षित गरेर संयुक्त रुपमा बजार अनुगमन गरिएको उनले बताए। पाटन बजार क्षेत्रका ५५ वटा पसल तथा होटलमा अनुगमन गर्दा १६ वटा पसलबाट म्याद नाघेका सामग्री बरामद गरिएको हो।

कमेन्ट लोड गर्नुस