सुदूर नेपाललाई विश्वसँग जोड्दै

युएईमा अलपत्र परेका ७ जना नेपाली स्वदेश फिर्ता

। फोटो स्रोत ।
२०७६ जेठ ३०, ०३:५३

युएईमा अलपत्र परेका ७ जना नेपाली नेपाल फर्किएका छन्। संयुक्त अरब एमिरेट्स (यूएई)मा अलपत्र परेका १२ नेपालीमध्ये ७ जना नेपाली घर फर्किएका छन्। कम्पनीले काम गरे बापतको तलब नदिएपछि खाना, बस्न समस्या भएका १२ जना नेपालीहरु मध्ये ७ जना नेपाली युएईमा रहेको नेपाली राजदुतावासमा निवेदन दिएको एक महिनामा ४ जना मंगलबार र ३ जना बुधबार नेपाल फर्किएका हुन्। 

काठमाण्डौं महाराजगञ्जमा रहेको नेगी इन्टरनेशनल ओभरसिज म्यानपावरमार्फत यूएईको एटोन कन्ट्र्या्क्टिङ मेन्टिनेन्स् कम्पनीमा ९ महिना पहिले आएका उनीहरुमध्ये आबुधाबीको मुसाफा ८ नम्बर मजदुर क्याम्पमा ७ जना र बाँकी ५ जना दुबईमा थिए।दूतावासमा आफ्नो समस्या राख्न जाने पैसासमेत नभएकाले आफूहरु आबुधाबी जान नपाएको दुबईमा अलपत्र ५ नेपालीले बताएका छन्।

दुबईमा अलपत्र ५ जना दूतावासभन्दा झण्डै १ सय ५० किलोमिटर टाढा छन्। सबैले राजीनामा बुझाएर बसेको पीडित शिशिर राईले बताएका छन्। आफूहरु समस्यामा परेकोबारे आफ्ना आबुधाबीका साथीहरुले दूतावासमा जानकारी गराए पनि दूतावासले सम्पर्क नगरेको उनीहरुको गुनासो छ। 

आबुधाबीमा समस्यामा परेका ७ जनालाई नेपाल फर्काए पनि उनीहरुले काम गरेबापत पाउनुपर्ने रकमसमेत पाएका नपाएको बताइएको छ। तत्काल कम्पनीसँग सम्पर्क गरी समस्या सुल्झाउन आग्रह गरे पनि रमादान पर्वका कारण थप एक महिना समय लागेको दूतावासका श्रम काउन्सिलर भेषबहादुर कार्कीले जानकारी दिए। फर्किएका पीडितहरुले म्यानपावर कम्पनीसँग क्षतिपूर्तिको माग गरेका छन्।
 

कमेन्ट लोड गर्नुस