अरुणिमा लम्सालले कांग्रेस नेता श्रेष्ठसँग गाँसिन् लगनगाँठो
काठमाडौँः अभिनेत्री अरुणिमा लम्सालले नेपाली कांग्रेसका नेता युवराज श्रेष्ठसँग विवाह गरेकी छिन्।
उनीहरूले सोमवार काठमाडौंको बत्तीसपुतलीस्थित राम मन्दिरमा लगनगाँठो कसेका हुन्। श्रेष्ठ नेपाली कांग्रेस सुनसरीस्थित बराहक्षेत्र नगरसमितिका उपसभापति हुन्। बराहक्षेत्र, चतरा घर भएका उनी व्यवसायीसमेत हुन्। यी दुईबीच ६ महिनादेखि प्रेम सम्बन्ध रहेको थियो।
उनीहरूले केही दिनअघि सुनसरी जिल्ला अदालतमा कोर्ट म्यारिज गरेका थिए। सोमवार धार्मिक विधिअनुसार उनीहरुले विवाह गरेका हुन्। लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी अरुणिमाको यो दोस्रो विवाह हो। पहिलो पतिबाट उनकी एक छोरी छिन्।