सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

२०८१ भदौ ३, ०८:११ खबर संवाददाता

धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।

जिल्लाको घोडाघोडी नगरपालिका–४ भालुफाटा स्थित पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको सुदूरपश्चिम प्रदेश ०१–०११ प ७४६९ नम्बरको मोटरसाइकल र सोहि दिशा तर्फ जादै गरेको से ७ प ७६०१ नम्बरको मोटरसाईकलले पैदल यात्री नाम थर खुल्न नआएको अन्दाजी ५० वर्षीय पुरुषलाई गएराति १०ः४५ बजेतिर ठक्कर दिँदा गम्भिर घाईते भएका थिए।

घाईते पुरुषको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा आज बिहान ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय  कैलालीले जनाएको छ। सुदूरपश्चिम प्रदेश ०१–०११ प ७४६९ नम्बरको मोटरसाइकल चालक गौरीगंगा नगरपालिका–५ बस्ने २० वर्षीय रमेश जैगडी, से ७ प ७६०१ नम्बरको मोटरसाईकल चालक गौरीगंगा नगरपालिका–९ बस्ने १९ वर्षीय सागर बि.क., मोटरसाईकलमा पछाडी सवार सोही ठाँउकी १४ वर्षीया आचल बि.क र १४ वर्षीया माया घोडशाहीसहित चारै जनाको घोडाघोडी अस्पताल सुखडमा उपचार भईरहेको प्रहरीले जनाएको छ। मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिइ सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

कमेन्ट लोड गर्नुस