सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेशको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन संशोधन

२०८१ भदौ २, ०९:३७ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५  संशोधन गरिएको छ।

कार्यान्वयनमा समस्या सृजना भएपछि ऐन पारित भएको ६ वर्षपछि संशोधन गरिएको हो। सुदूरपश्चिम प्रदेश सभाको पाँचौँ अधिवेशनको चौथो बैठकले उक्त ऐन संशोधन गरेको हो। प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न आन्तरिक मामिला मन्त्री हिरा सार्कीले प्रस्ताव पेश गरेका थिए।

संशोधित मस्यौदामाथि प्रदेश सभा सदस्यहरूले धारणा राखेका थिए। कांग्रेस सचेतक गीता चौधरीले बाढी पहिरो हावाहुरी प्राकृतिक विपद्सँगै जङ्गली जनावर र चट्याङबाट प्रभावितहरू पनि अब ऐनमा समेटिएको बताएकी थिइन्।

कानुन मन्त्री हिरा सार्कीले छलफलमा उठान भएका प्रश्नको जवाफ दिएका थिए। प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐ २०७५ लाई संशोधन गर्न वनेको विधेयक प्रदेश सभामा बहुमतबाट पारित गरिएको थियो। अर्काे बैठक भदौँ ४ गतेका लागि आह्वान गरिएको छ।
 

कमेन्ट लोड गर्नुस