सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारले १२ उत्तिर्ण नभएका विद्यार्थीलाई विदेश पढ्न जान स्वीकृति नदिने

। फोटो स्रोत ।
२०७६ जेठ ३०, ०७:५६

सरकारले १२ पास नगरी विदेशमा पढ्न जाने विद्यार्थीहरुलाई अनुमती दिन रोक लगाएको छ। एसईई उत्तिर्ण गरेका विद्यार्थी बंगलादेश, अष्ट्रेलिया, जापान, अमेरिकालगायत देशमा पढ्न जान स्वीकृति (नो अब्जेक्सन लेटर) लिने गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति दिन रोकेको शिक्षा मन्त्रालयका उपसचिव महेश्वर शर्माले जानकारी दिए। उनले भने, अबदेखि १२ कक्षा उत्तिर्ण गरेका विद्यार्थीलाई मात्रै अध्ययन स्वीकृति दिने निर्णय भएको हो, ‘१२ कक्षा उत्तिर्ण भएकाहरूले मात्रै नो अब्जेक्सन लेटर पाउँछन।’ १२ कक्षासम्म माध्यमिक शिक्षा नै भएकोले विद्यालय शिक्षा सकेर उच्च शिक्षा पढ्न चाहने विद्यार्थीलाई मात्रै अध्ययन स्वीकृति दिने मन्त्रालयको निर्देशनमा उल्लेख छ।

‘पहिले कक्षा ११ र १२ लाई पनि उच्च शिक्षा भनिन्थ्यो तर ‘संविधानअनुसार र ऐनअनुसार पनि १२ कक्षासम्म विद्यालय शिक्षा भइसकेको छ। त्यसैले १२ पास नगरी अब नो अब्जेक्सन लेटर नपाइने शर्माले बताए। मन्त्रालयले विद्यालय तहका विद्यार्थीलाई वैदेशिक अध्ययनमा जान कडाइ गर्न नो अब्जेक्सन लेटर दिने व्यवस्था बन्द गरिदिएको हो। कसैको व्यक्तिगत समस्या देखिएमा परराष्ट्र मन्त्रालय वा राजदूतावासको सिफारिस आए एसईई पढेर डिप्लोमा पढ्न चाहने विद्यार्थीलाई पनि नो अब्जेक्सन लेटर दिन सकिने उनले बताए।

१२ उत्तिर्ण नभएका विद्यार्थीलाई स्वीकृति नदिने निर्देशन कार्यान्वयनमा आइसकेको मन्त्रालयले जनाएको छ। गत आर्थिक वर्ष मन्त्रालयबाट नो अब्जेक्सन लेटर लिएर ७० हजार भन्दा बढी विद्यार्थी विभिन्न कोर्स पढ्न विदेश गएका थिए। यीमध्ये एमबिबिएस पढ्न जाने धेरै विद्यार्थी छन्। 
 

कमेन्ट लोड गर्नुस