सुदूर नेपाललाई विश्वसँग जोड्दै

फिफा महिला विश्वकपमा जर्मनीकोे लगातार दोस्रो जित

। फोटो स्रोत ।
२०७६ जेठ ३०, ०७:३३

फिफा महिला विश्वकपमा जर्मनीद्धारा स्पेन पराजित भएको छ। जर्मनीले लगातार दोस्रो जित निकालेको छ। बुधबार राति भएको खेलमा जर्मनीले स्पेनलाई एक शून्य गोलले हराएको हो। फ्रान्समा भएको खेलमा समूह बी अन्तर्गत जर्मनीको जितमा सारा डाब्रिजको एकमात्र गोल निर्णायक बन्यो। प्रतिस्पर्धात्मक बनेको खेलको ४२ औं मिनेटमा साराले गोल गर्दै टिमलाई अग्रता दिलाए। 

पहिलो हाफमा एक गोलले पछि परेको स्पेनले दोस्रो हाफमा खेलमा फर्कन पर्याप्त मौका पाएको थियो। तर उसले जर्मनीको डिफेन्सलाईन क्लियर गर्न सकेन। स्पेनले दुई वटा उत्कृष्ट मौका पाएपनि गोल गर्नबाट चुक्यो। यो जितले जर्मनीको दुई खेलमा ६ अंक भएको छ। यसका साथै जर्मनी समुह बी शीर्ष स्थानमा उक्लिएको छ। स्पेनको दुई खेलमा तीन अंक रहेको छ।

कमेन्ट लोड गर्नुस