फूलबारीस्थित हुलाकी सडकमा जेब्रा क्रसिङ निर्माण
धनगढी: धनगढी उपमहानगरपालिकाको फूलबारीमा हुलाकी सडकको दुई ठाउँमा जेब्रा क्रसिङ निर्माण गरिएको छ। बिहीवार फूलबारी अस्थायी ट्राफिक प्रहरी चौकी र नोबेल एकेडेमीले जेब्रा क्रसिङ निर्माण गरेका हुन्।
धनगढी-१४ को स्याउले चोक तथा वडा नम्बर १८ को आदर्श चोकमा जेब्रा क्रसिङ बनाइएको स्थानीय कमल अयडीले बताए। उनले सडक सुरक्षालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीसँग मिलेर हुलाकी सडकको दुई ठाउँमा जेब्रा क्रसिङ बनाइएको बताए।
जेब्रा क्रसिङ निर्माणपछि ट्राफिक प्रहरीले सडक सुरक्षालाई ध्यानमा राखेर सडक प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी बारे नोबेल एकेडेमीका विद्यार्थीहरूलाई अवगत गराएका थिए।