सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका हावाहुरी पीडितलाई राहत पुुग्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण

। फोटो स्रोत ।
२०७६ जेठ २९, ०६:२१

सुदूरपश्चिमका विभिन्न जिल्लाका हावाहुरीका पीडितलाई अहिलेसम्म राहत पुुग्न नसकेको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा उनीरुले तत्काल राहत तथा पुनःस्थापनाका कार्यक्रम ल्याउन समेत माग गरेका छन्।

यस्तै सांसदहरुले बिरामीलाई सरकारीबाट निजी अस्पतालमा लाने प्रवृत्ति रोक्न माग गरेका छन्। उनीहरुले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न पुगेका बिरामीलाई त्यहाँ कार्यरत चिकित्सकले निजी अस्पतालमा र्पुयाउने प्रवृत्ति बढेको भन्दै यस्तो प्रवृत्तिले सरकारी अस्पतालको खिल्ली उठाएको बताउंदैै तत्काल अस्पतालभित्रको विकृति अन्त्य गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ध्यानाकर्षण गराएका छन्।

कमेन्ट लोड गर्नुस