सुदूर नेपाललाई विश्वसँग जोड्दै

गुठीसम्बन्धी विधेयक फिर्ता लिन सरकारको ध्यानाकर्षण

। फोटो स्रोत ।
२०७६ जेठ २९, ०३:१८

नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टी(राजपा)का सांसदहरुले संयुक्तरुपमा गुठीसम्बन्धी विधेयकलाई फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएका छन। बुधबार प्रतिनिधिसभाको बैठक सुरु हुने बित्तिकै उनीहरुले विधेयक फिर्ता लिन माग गरेका थिए।
काठमाण्डौका गुठीयारले आन्दोलन सुरु गरेको भन्दै आन्दोलनकारीका माग पूरा गर्नसमेत माग गरेका छन्।

यस्तै नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले गुठीसम्बन्धी विधेयकलाई सरकारले फिर्ता लिई सरोकार निकायसित छलफल गरी परिमार्जन गर्न ध्यानाकर्षण गराएका छन्। उनले सरकारले ल्याउन लागेको गुठीसम्बन्धी विधेयकलाई फिर्ता लिन आग्रह गर्दै धर्म संस्कृति रक्षा गर्न गुठीले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे। बैठकमा सभामुख महराले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए।
 

कमेन्ट लोड गर्नुस