सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराका विपन्न विद्यार्थीलाई आर्थिक सहयोग

२०७६ जेठ २९, १२:२१ प्रकाश सिंह

बाजुरामा आर्थिक अवस्था कमजोर भएका र विपन्न बालबालिकाहरुलाई शैक्षिक वृति सहयोग गरिएको छ। युवा सशक्तिकरण बुल्गारी (BVLGARI)  परियोजनाले त्रिवणी नगरपालिकाकाका १९ जना बालबालिकालाई सहयोग प्रदान गरिएको हो। तीन किस्तामा प्रदान गरिने सहयोगमा यस बर्षको पहिलो किस्ता बाफत ४ हजारका दरले प्रदान गरिएको छ। 

परियोजना लागु भएका त्रिवेणी नगरपालिकाका चार विद्यालय सहित जिल्लाका १४ ओटा माध्यामिक विद्यालयमा लागु भएको छ। उक्क्त परियोजनाले जिल्ला भरीका माध्यामिक तहका ७० जना बालबालिकालाई सहयोग भएको हो। आर्थिक स्थिती कमजोर भएका कारण विद्यालय बाहिर रहेका र विद्यालयमा कम उपस्थिती हुने बालबालिकालाई उक्त सहयोग गर्ने गरिएको छ सामाजिक परिचालक टंक सिंहले जानकारी दिए। उनले विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यालय प्रशासन र बाल क्लवको संयुक्त बैठकको निर्णयबाट विद्यार्थी छनौट गरेर आर्थिक सहयोग गरिएको बताए।

विद्यालय छोड्ने उमेर भएकाले माध्यामिक तहबाट मात्रै विद्यार्थीको छनौट गर्ने गरिएको छ। छनौट भई आएका विद्यार्थीहरुलई त्रिवेणी नगरपालिकामा न्यू भिजन सहकारी संस्थाको सहजीकरणमा शैक्षिक सहयोग भएको छ। यसरी हुने शैक्षिक सहयोगले विद्यालय छोड्नेदर कम हुदै गएको पाईएको पार्वति माबि सिम्लाका प्र.अ. श्री नन्दलाल जैशीले बताएका छन्।आर्थिक बिपन्न भएका बिद्यार्थीलाई यसले ठुलो सहयोग भएको जैशीले वताए। यसरी नगद शैक्षिक सहयोग गर्नाले विद्यार्थीको खास समस्या समाधान भई विद्यार्थी नियमितता बढ्ने गरेको छ। परियोजनाको यो क्रियाकलाप संगै विद्यालयमा सञ्चालन गरिने सबै क्रियाकलाप निकै प्रभवकारी रहेको र नगरपालिकाको आगामी योजना तर्जुमामा बाल अनुदान कोषको स्थापनाका लागि पहल गर्ने नगरपालिका शिक्षा शाखा प्रमुख रतन बहादुर अयडीले बताए। 

युवा सशक्तिकरण बुल्गारी (BVLGARI) परियोजना बाजुरा जिल्लाका तीन ओटा नगरपालिकामा लागु भएको छ। उक्त परियोजना पीसविन बाजुरा र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चिालित रहेको छ। परियोजनाले  सन २०१६ देखि हाल सम्म निरन्तर रुपमा यस क्षेत्रका बालबालिकालाई प्रति बालबालिका बार्षिक दश हजारका का दरले नगद शैक्षिक सहयोग गर्दै आएको छ।  परियोजनाले यस क्रियाकलापका संग संगै विद्यालयमा विद्यार्थी नियमिताताका लागि अन्य विभिन्न क्रियाकलाप गर्दै आईरहेको छ। विद्यार्थी हाँजिरी परिक्षण, प्याट बोर्ड प्रयोग, फ्लो कार्ड प्रयोग लगायतका अन्य क्रियाकलापले विद्यार्थी नियमित हुने र विद्यालय छोड्ने दर घट्ने बिश्वास तोली देवलडाँडा माबिका प्र अ श्री विष्णु प्रशाद ओझाले वताए। 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस