सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा पहिरोमा परेर ४ जना घाइते, १५  गोरु मरे २६ बेपत्ता

। फोटो स्रोत ।
२०८१ साउन २६, ०७:२९ खबर संवाददाता

बाजुराः बाजुरामा पहिरोमा परेर चार जना घाइते भएका छन्।

जिल्लाको हिमाली गाउँपालिका–३ ठिकु भन्ने स्थानमा आज बिहान आएको पहिरोमा परेर उनीहरु घाइते भएका हुन्।

घाइते हुनेमा हिमाली गाउँपालिका–३ का ५० वर्षीय हंस बुढा, १३ वर्षीया पे्रमकला बुढा, १० वर्षीया ललिता बुढा र १५ वर्षीया अनिता रोकाय रहेका छन्। प्रेमकलाको हुम्लाबाट डाक्टर आएर घरमै उपचार गरिएको र अन्यको अवस्था भने सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।

उक्त पहिरोमा परेर १३ जनाका १५ गोरु मरेका छन् भने २६ गोरु बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। आज बिहान जङ्गलमा गोरु चराउन लैजाँदै गरेको बेला पहिरो खसेर गोरु बेपत्ता भएका हुन्।
 

कमेन्ट लोड गर्नुस