सुदूर नेपाललाई विश्वसँग जोड्दै

लोकसेवा आयोगले ९ हजारका लागि खोलेको विज्ञापनमा १३ दिनमै ८२ हजार बढीको आवेदन

२०७६ जेठ २९, ११:०६

लोक सेवा आोगको विज्ञापन संविधान अनुसार नभएको भन्दै संसदको राज्य व्यवस्था तथा सुशासन समितिले स्थगित गर्न सरकारलाई निर्देशन दिए पनि आवेदन दिनेको संख्या बढिरहेको छ। लोक सेवा आयोगले ९ हजारका कर्मचारीका लागि खोलेको विज्ञापनमा आवेदन दिनेको संख्या ८२ हजार पाँच सय पुगेको छ।

मंगलबार मध्यान्ह १२ः ४५ बजेसम्म ८२ हजार पाँच सयले अनलाइनबाट आवेदन दिएको आयोगका शाखा अधिकृत नारायणप्रसाद पोखरेलले बताए।आवेदन दिने म्याद असार ३ गतेसम्म रहेकोमा १३ दिनमै ८२ हजार बढीले आवेदन भरेका छन भने यो संख्या बढ्न देखिएको छ। 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १४ हजार कर्मचारीका लागि आवेदन खुलाउन सिफारिस गरे पनि आयोगले ९ हजार एक सय ६१ मात्रै खुलाएको थियो। मन्त्रालयले पटकपटक स्थानीय तहलाई कर्मचारी रिक्त संख्या खुलाएर विवरण पठाउन ताकेता गरेको थियो। ७ सय ५३ मध्ये सबै स्थानीय तहले विवरण पठाएका थिएनन्।

आयोगले विज्ञापन खुलाउँदा ५५ प्रतिशत खुला र ४५ प्रतिशत समावेशी बनाउनुपर्ने संवैधानिक व्यवस्था छ। रहेको छ। जसअनुसार, नौ हजार १ सय ६१ संख्यामध्ये समावेशीका लागि त्यसको ४५ प्रतिशत अर्थात ४ हजार १ सय २२ पद हुनुपर्ने थियो। तर आयोगले दुई हजार दुई सय ६२ मात्रै समावेशीका लागि छुट्याएको भएको भन्दै सत्तापक्ष र प्रतिपक्ष दुवैले विरोध गर्दै आएका छन्।

आयोगले खुलाएको विज्ञापनमा महिलालाई मात्रै समावेशी संख्या पुगेको छ। आदिवासी जनजाति, मधेसी, अपांगता भएका, दलित, पिछडिएको क्षेत्रले पाउनुपर्ने संख्या अनुसार विज्ञापन खुलाइएको छैन।
 

कमेन्ट लोड गर्नुस