सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिक्किममा ४.४ रेक्टर स्केलको भूकम्प, धक्का नेपालसम्म

२०८१ साउन २५, ११:२७

काठमाडौँः सिक्किममा भूकम्प गएको छ।

शुक्रबार बिहान सिक्किमको सोरेङआसपास केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ। सिक्किममा ४.४ रेक्टर स्केलको भूकम्प, धक्का नेपालसम्म बिहान स्थानीय समयअनुसार ६ बजेर ५७ मिनेट जाँदा गएको भूकम्पको उद्गम बिन्दु गहिराइ १० किलोमिटर रहेको केन्द्रले जनाएको छ।

भूकम्पको धक्का सिक्किम, दार्जीलिङसहित पश्चिम बंगालका केही जिल्लामा समेत महसुस भएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। त्यस्तै नेपालको पूर्वी भेगमा समेत भूकम्पको धक्का महसुस गरिएको कान्तिपुरका जिल्ला संवाददाताहरूले जनाएका छन्। त्यस्तै बंगलादेश र भुटानका केही भागमा समेत भूकम्पको धक्का महसुस गरिएको छ।
 

कमेन्ट लोड गर्नुस