सुदूर नेपाललाई विश्वसँग जोड्दै

थाइल्यान्डको प्रमुख विपक्षी दल विघटन भएकोमा राष्ट्रसङ्घको  चिन्ता

२०८१ साउन २५, ११:०९

एजेन्सीः थाइल्यान्डको प्रमुख विपक्षी दल विघटन भएकोमा संयुक्त राष्ट्रसङ्घले चिन्ता व्यक्त गरेको छ।

 विपक्षी दल मुभ फरवार्ड पार्टी (एमएफपी) को विघटन हुनुले मौलिक स्वतन्त्रतालाई गम्भीर रूपमा असर पुर्याएको राष्ट्रसङ्घको भनाइ छ। थाइल्यान्डको संवैधानिक अदालतले देशको युवा लोकतन्त्र समर्थक आन्दोलनको अग्रणी एमएफपीलाई भङ्ग गर्ने र यसका कार्यकारी बोर्डका सदस्यहरूलाई १० वर्षका लागि राजनीतिबाट प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

यो निर्णयले अभिव्यक्ति तथा सङ्घको मौलिक स्वतन्त्रता र थाइल्यान्डमा सार्वजनिक मामिला तथा राजनीतिक जीवनमा भाग लिने नागरिकको अधिकारलाई गम्भीररूपमा असर गर्ने  राष्ट्रसङ्घीय मानवाधिकार प्रमुख भोल्कर टर्कले निकाल्नुभएको विज्ञप्तिमा उल्लेख छ।

उहाँले कुनै पनि दल वा राजनीतिज्ञले कानूनी सुधारको वकालत गरेकामा विशेषगरी मानव अधिकारको समर्थनमा कहिले पनि यस्तो सजाय भोग्न नहुने बताउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। थाइल्यान्डको कडा शाही मानहानी कानुनमा सुधार गर्ने बाचा गरेपछि एमएफपीले गएको वर्षको चुनावमा पहिलो स्थान हासिल गरेको थियो।
 

कमेन्ट लोड गर्नुस