नेपाली विद्यार्थीहरूले अमेरीकामा गरे सन्ध्या आरती कार्यक्रम
नेपाली विद्यार्थीहरूले अगस्ट ५, २०२४ मा अमेरिकी विश्वविद्यालयमा “सन्ध्या आरती“ गरेका छन्।
सोमवार न्यू मेक्सिको विश्वविद्यालयमा नेपाली विद्यार्थी संघले श्रावणको शुभ हिन्दू महिनाको सोमवारको दिन पारी “सन्ध्य आरती“ गरेकाछन्। ५० भन्दा बढी भक्तजनहरूको सहभागिता रहेको उक्त कार्यक्रम विश्व शान्ति र सबैको कल्याणका लागि विश्वविद्यालयको डक पोन्डमा आयोजना गरिएको थियो।
साँझको कार्यक्रममा संघका अध्यक्ष इ. जनक राज अवस्थीले परम्परागत पूजा र आरती गरेका थिए भने अन्य विद्यार्थीहरूले प्रसाद वितरण गरेका थिए। कार्यक्रममा विश्वविद्यालय समुदायका सबै उमेर समूहका मानिसहरूलाई एकै ठाउँमा ल्याएर प्रसाद वितरण र भजन गाउने व्यवस्था मिलाईएको थियो।
यो उत्सवले विश्वविद्यालयमा नेपाली समुदायबीचको सम्बन्धलाई मजबुत बनाउन मद्दत गरेको छ। युनिभर्सिटी अफ न्यू मेक्सिकोको नेपाली विद्यार्थी संघले क्याम्पसमा जीवन्त सांस्कृतिक आदानप्रदानलाई बढावा दिँदै दिपावली, दशैं, होलीलगायतका विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्न सक्रिय रूपमा संलग्न रहेको छ।