दिनेश फाउण्डेशनले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ८१ पिन्ट रगत संकलन
२०८१ साउन २३, ०६:३४
धनगढीः दिनेश फाउण्डेशनले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ८१ पिन्ट रगत सङ्कलन भएको छ।
बुधबार फाउण्डेशनको १३ औँ रक्तदान कार्यक्रमबाट ८१ पिन्ट रगत सङ्कलन भएको हो। दिनेश फाउण्डेशनले वार्षिक तालिका अनुसार प्रत्येक वर्ष रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ।
धनगढीमा वर्षातको समयमा रगतको अभाव हुने भएकाले प्रत्येक वर्ष फाउण्डेशनले रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ।
कमेन्ट लोड गर्नुस