बझाङमा सर्पले डसेर एक महिला घाइते
२०८१ साउन २३, ०५:२३
बझाङः बझाङमा सर्पले डसेर एक महिला घाइते भएकी छन्।
जिल्लाको जयपृथ्बी नगरपालिका–३ की ४० वर्षीया कृष्णमती खड्कालाइ खेतबारिमा घाँस काट्ने क्रममा सर्पले डसेर घाइते भएकी प्रहरीले जनाएको छ। घाइते खड्काको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
कमेन्ट लोड गर्नुस