सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेप्से १०८ अंकले बढ्यो 

२०८१ साउन २३, ०५:१३ खबर संवाददाता

काठमाडौंः नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधवार १०८. ३५ अंकले बढेको छ। उक्त अंकले नेप्से बढ्दा २७५९.६७ बिन्दुमा इन्डेक्स पुगेको हो।

हिजो (मंगलवार) नेप्से परिसूचक १४५.०५ अंकले घटेर २६५१.३२ बिन्दुमा कायम हुँदा सेयर लगानीकर्ताको डराइ रहेको अवस्था थियो। आज पुनः सेयर बजार बढ्दा लगानीकर्तामा रौनक छाएको छ। धितोपत्रको दोस्रो बजारमा आज १७ अर्ब ९५ करोड ९ लाख १८ हजार ६२७ रुपैयाँको कारोबार भएको छ।

नेप्से परिसूचक एकै दिन ४.०८ प्रतिशतले बढेको हो। नेप्से बढ्दा अधिकांश कम्पनीको सेयर मूल्यमा पनि बृद्धि आएको छ। आज फाइनान्स समूहको २.१७ प्रतिशत, होटल तथा पर्यटन समूहको ५.१३ प्रतिशत, बैंकिङ्ग समूहको २.३२ प्रतिशत र विकास बैंक समूहको ४.५१ प्रतिशतले सेयर मूल्य बढेको छ।

कमेन्ट लोड गर्नुस