सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा वर्षेनि बढ्दै लागुऔषध प्रयोगकर्ता

। फोटो स्रोत ।
२०७६ जेठ २८, ०४:३१

लागुऔषध प्रयोगकर्ता नेपालमा बर्षेनि ११ प्रतिशतका दरले बढ्ने गरेको गृह मन्त्रालयको अनुमान छ। मन्त्रालयको लागुऔषध नियन्त्रण महाशाखाका प्रमुख नारायणप्रसाद दुवाडीका अनुसार २०७४ सालमै सार्वजनिक हुनुपर्ने अध्ययन प्रतिवेदन सार्वजनिक नहुँदा लागुऔषध प्रयोगकर्ताको यकिन तथ्याङक नभए पनि अहिले देशभर झण्डै १ लाख ५६ हजार जना लागुऔषध प्रयोगकर्ता रहेको पाइएको हो। 

२०६३ सालमा गरिएको सर्वेक्षणमा ४६ जना लागुऔषध प्रयोगकर्ता रहेकोमा २०६९ मा ९१ हजार ५ पुगेको तथ्याङक रहेको छ। दुवाडीले ५ ६ वर्षमा अध्ययन प्रतिवेदन सार्वजनिक हुनुपर्ने भए पनि हुन नसकेको र मन्त्रालयले यसै वर्ष प्रतिवेदन सार्वजनिक गर्नेगरी तयारी अन्तिम चरणमा रहेको पनि जानकारी दिए।

जिल्लागत सर्वेक्षणपछि अहिले तथ्याङक संकलनको काम भैरहेको मन्त्रत्रालयले जनाएको छ। लागुऔषध दुव्र्यसनीमध्ये ५७ प्रतिशतले सुईका माध्यमबाट प्रयोग गर्ने गरेको गृह मन्त्रालयले जनाएको छ। नेपालमा वर्षेनि जुन २६ मा लागू औषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्रा्ष्ट्रिय दिवस मनाउने गरिन्छ।

 

कमेन्ट लोड गर्नुस