बैतडीका एक युवकको भारतमा मृत्यु
२०८१ साउन २२, ०९:२२
बैतडीः बैतडी घर भएका एक युवकको भारतमा मृत्यु भएको छ।
जिल्लाको सुर्नया गाउँपालिका–४ नोडालेक घर भएका २१ वर्षीय सोनु महराको मृत्यु भएको स्थानीय प्रिन्स महराले बताएका छन्।
भारतको पानीपथमा काम गर्दै आएका महराको आइतवार राति मृत्यु भएको हो। महराको शव रेलको लिकमा फेला परेको थियो।
कमेन्ट लोड गर्नुस