सुदूर नेपाललाई विश्वसँग जोड्दै

साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ

२०८१ साउन २०, ०३:२८

काठमाण्डौः बारा प्रहरीले साढे आठ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छिन्।

बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ७ बस्ने २५ वर्षीया प्रियङ्का श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक डीएसपी प्रकाश सापकोटाले जानकारी दिए। आज बिहान बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ आधाभार जङ्गलमा पिठ्युँमा कालो झोला बोकी सडक छेउमा उभिरहेकी श्रेष्ठमाथि शङ्का लागेर प्रहरीले जाँच गरेको थियो।

जाँचका क्रममा उनले बोकेको झोलाबाट साढे आठ किलो गाँजा बरामद गरेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस