कैलालीबाट सवारी ज्यान मुद्दाका फरार प्रतिबादी पक्राउ
२०८१ साउन २०, ०८:३६
धनगढीः कैलालीबाट सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
सवारी ज्यान मुद्दामा ५ दिन कैद सजाय र २ हजार जरिबाना तोकिएका तर फरार कैलालीको जोशीपुर गाउँपालिका–४ का ४५ वर्षीय गुलाब चौधरीलाइ शनिवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट पक्राउ गरेको हो।
कमेन्ट लोड गर्नुस