प्रधानमन्त्री ओलिको सामाजिक चलचित्र ‘नमेटिने घाउ’ मा डबिङ
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलिले सामाजिक चलचित्र ‘नमेटिने घाउ’ मा स्वराङकन (डबिङ) गरेका छन्।
उनले शनिवार अनामनगरस्थित एक स्टुडियोमा आफ्नो स्वर डबिङ गराएका हुन्। उक्त चलचित्रमा प्रधानमन्त्री ओलीले पनि अभियनय गरेका छन्।
ओली नेतृत्वको सरकारले अघिल्लो कार्यकालमा ल्याएको तेजाव आक्रमणविरुद्धको अध्यादेशको सन्दर्भममा उनले प्रधानमन्त्रीको भूमिकामा अभिनय गरेका छन्। यसअघि पूर्व प्रधानमन्त्री माधव नेपालले पनि फिल्मका लागि आवाज ‘डबिङ’ गराएका थिए।
तेजाव पीडितहरूको कथामा आधारित यो फिल्मको निर्माण कलाकार रमित ढुंगानाले गरेका छन्। उनले नै निर्देशन गरेको फिल्ममा पर्साकी तेजाव पीडित मुस्कान खातुन, सुरवीर पण्डित, सिम्रन खड्का लगायतको अभिनय छ।