धनगढीले कृष्णपुरमा समेत दियो शव चिस्यान सेवा
धनगढीः धनगढी उपमहानगरपालिकाले कञ्चनपुरको कृष्णपुरमा समेत शव चिस्यान सेवा प्रदान गरेको छ।
कृष्णपुर नगरपालिका वडा नम्बर वडा नम्बर ९ जोरायल टोल निवासी दिनादेवी सुनारको मृत शरीर राख्न शव चिस्यान यन्त्र सहयोग गरेको हो। मृतकको परिवारबाट शव राख्न चिस्यान यन्त्र आवश्यक परेको नगर प्रहरीलाई खबर आएपछि नगर प्रहरीले घरमै चिस्यान यन्त्र पुगाएको हो। उपमहानगरले निःशुल्क शव चिस्यान सेवा प्रदान गरेको छ।
कैलाली र कञ्चनपुरका स्थानीय तहमा निःशुल्क शव चिस्यान सेवा प्रदान गर्न उपमहानगरपालिकाले बिहिवार मात्रै थप दुईवटा शव चिस्यान यन्त्र खरिद गरेको थियो। शव चिस्यान सेवा आवश्यक परेमा नगर प्रहरीको टोल फ्री नम्बर १८१०५००००९० मा सम्पर्क गर्न उपमहानगरले आग्रह गरेको छ।
उपमहानगरले मृतकको घरसम्म चिस्यान यन्त्र पुगाएर निःशुल्क सेवा प्रदान गर्दै आएको छ। पार्थिव शरीरको दाहसंस्कारपछि निःशुल्क शव चिस्यान मृतकको घरबाट नगर प्रहरीले नै उपमहानगरपालिकामा ल्याउने गर्छ। धनगढी उपमहानगरपालिकाले चिस्यान सेवाका लागि पाँचवटा शव चिस्यान यन्त्र खरिद गरेको छ।