बझाङका एक किशोरलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति
बझाङ्ग : बझाङका एक किशोरलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिएको छ। लक्ष्मी लघुवित्त वित्तीय संस्था चैनपुर शाखाले सदस्य शारदादेवी सिंहको छोरा विमल सिंहलाई छात्रवृत्ति प्रदान गरेको हो।
२०८० सालमा एसईई उत्तीर्ण गरेका विमललाई उच्च शिक्षा अध्ययनका लागि संस्थाले आज आर्थिक सहयोग गरेको छ। जयपृथ्वी नगरपालिका–६ सिंहको आर्थिक अवस्था कमजोर भएकाले छोरालाई उच्च शिक्षा पढाउन कठिन भएकोले उच्च शिक्षा अध्ययनको लागि संस्थाले छात्रवृत्ति रकमको रकमको चेक वडाध्यक्ष नरेन्द्र सिंहले हस्तान्तरण गरेका छन्।
वडाध्यक्ष नरेन्द्र सिंहले लघुवित्त वित्तीय संस्थाहरूले समुदायस्तरमा निकै सहुलियत प्रदान गर्दै आइरहेको बताए। उनले भने, ‘लघुवित्त वित्तीय संस्थाहरूले समाजमा निकै सहुलियत प्रदान गर्दै आइरहेका छन्। लघुवित्तहरूले राम्रो सेवा प्रदान गरिरहेको भएपनि अहिले धेरै ठाउँहरुमा गलत प्रचार भइरहेको छ,गलत प्रचार कुनै पनि प्रकारले गरिनुहुँदैन।’ लघुवित्त वित्तीय संस्थाहरू गरिब तथा विपन्न वर्गका जनताहरूको सेवक रहेको उनले बताए।
केन्द्र तथा समूहमा आबद्ध सदस्य तथा सदस्यका अभिभावक बीच वित्तीय साक्षरता सम्बन्धी जानकारी पनि शाखाको शाखा प्रबन्धक सुमन रानाले दिए। संस्थाले सदस्यहरूलाई कर्जा मात्रै लगानी नगरी सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न तालिम, अभिमुखीकरण, वित्तीय साक्षरता, गोष्ठी समेत सञ्चालन गर्दै आएको संस्थाका कर्मचारी जितेन्द्र प्रसाद जैसीले बताए