सुदूर नेपाललाई विश्वसँग जोड्दै

विद्युत सेवा सुचारुका लागि ७० प्रतिशत मर्मत सकिएको प्राधिकरणको दावी

२०७६ जेठ २६, ०७:१० खबर संवाददाता

पश्चिम तराईका दुई जिल्लामा अवरुद्ध विद्युत सेवा सुचारुका लागि झण्डै ७० प्रतिशत मर्मत भईसकेको विद्युत प्राधिकरणको दावी गरेको छ। प्राधिकरणको सुदूरपश्चिम क्षेत्रीय कार्यालयका अनुसार झण्डै चार दिनको अवधीमा ७० प्रतिशत मर्मतको काम सकिएको हो। प्राधिकरणका सुदूरपश्चिम प्रमुख सतिश कर्णले पहाडी जिल्लामा सबै क्षेत्रमा विद्युत सेवा सुचारु भईसकेको दावी गर्दै कैलाली र कञ्चनपुरमा पनि मर्मतको कार्य जारी रहेको बताए। आज साँझ सम्म धनगढी वितरण केन्द्र अन्तरगत राजपुर, गेटा र कैलारी गाउँपालिकाको क्षेत्र बाहेक अन्य सबै क्षेत्रमा विद्युत सेवा सुचारु हुने उहाँको दावी छ। चटकपुर आसपासको क्षेत्रमा समेत विद्युत सेवा सुचारु हुन ढिलाई हुन सक्ने धनगढी वितरण केन्द्रका प्रमुख धिरेन्द्र कुमार यादवले बताए। 

कैलाली जिल्लामा घोडाघोडी क्षेत्रमा पनि विद्युत सेवा सुचारु हुन बाँकी रहेको र कञ्चनपुरमा कृष्णपुर क्षेत्रमा विद्युत सेवा सुचारु हुन बाँकी रहेको छ। प्राधिकरणको सुदूरपश्चिम क्षेत्रीय कार्यालयका अनुसार ग्रामीण भेगमा अवरुद्ध विद्युत् सेवा सुचारु गर्न भने अझै कम्तिमा पनि १० दिन लाग्ने छ। प्राधिकरणका क्षेत्रीय प्रमुख कर्णले कैलाली र कञ्चनपुरका अधिकांश सहरी क्षेत्रमा विद्युत् सुचारु भइसके पनि ग्रामीण क्षेत्रमा भने विद्युत सुचारु गर्न अझै १०, १२ दिन लाग्न सक्ने बताए। कर्णक ाअनुसार गतबिहीबार बेलुकी कैलाली र कञ्चनपुरमा गएको विनासकारी हावाहुरीले झण्डै १३ सय विद्युत् पोल र १५ वटा ट्रन्सफर्मरमा क्षति पुगेको थियो।
 

कमेन्ट लोड गर्नुस