सुदूर नेपाललाई विश्वसँग जोड्दै

मेक्सिकोले अमेरिकालाई सहयोग गरे कर वृद्धि रोकिने ट्रम्पको भनाइ

। फोटो स्रोत ।
२०७६ जेठ २६, ११:२९

अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोले अमेरिकालाई सहयोग गर्न तयार भए थप कर वृद्धि रोक्न सकिने बताएका छन्। अमेरिकाले मेक्सिकोसँगको सीमा क्षेत्रमा आप्रवासी शरणार्थीलाई अमेरिका प्रवेशमा कडाइ गर्न मेक्सिकोलाई दवाव दिँदै आएको छ।

‘मेक्सिकोले कर वृद्धिलाई रोक्न सकेसम्म मेहनत गरेको दुई देशका प्रतिनिधिहरूको छलफलका क्रममा बताइएको छ तर व्यवहारिकरूपमा आप्रवासी नियन्त्रणसम्बन्धी विषयलाई कार्यान्वयनमा लाने प्रतिबद्धता गरिएपछि दुई देशबीच सहमति सम्भव  भएको हो। र यो सोमबारदेखि हुने भनिएको कर वृद्धि टार्न उत्तम उपाय हो’, राष्ट्रपति ट्रम्पले शनिबार ट्वीटमार्फत बताउनुभएको छ, ‘यदि सम्झौतालाई कार्यान्वयनमा लान मेक्सिकोको पहल सफल भएमा दुबै देशका लागि सम्झौता कोशेढुङ्गा हुनेछ।’

‘शुक्रबार राति घोषणा भएको सम्झौतामा मेक्सिकोले हिंसाग्रस्त ग्वाटेमाला, होन्डुरस र एल साल्भाडोरबाट आप्रवासी शरणार्थीलाई फर्काउने विषयमा आफ्नो नीतिलाई परिवर्तन गर्न स्वीकार गरेको थियो भने अमेरिकाले यस अघि अमेरिका पुगेर शरणार्थीका लागि दावी गरिसकेकाको हकमा प्रक्रिया अघि बढाउने सहमति भएको थियो।’

सहमति अनुसार अमेरिकाले शरणार्थीलाई प्रवेशमा कडाई गरेमा उनीहरूलाई मेक्सिकोमा नै शरणार्थीको मान्यता दिन आवश्यक प्रक्रिया अघि बढाउने भन्दै अमेरिकाको आप्रवासनसम्बन्धी पछिल्लो नीतिलाई अस्वीकार गर्दै आएकोमा अब सहमति अनुसार अघि बढ्ने बताइएको छ। 

अमेरिकाले यदि मेक्सिकोसँग सहमति नजुटेको भए त्यहाँबाट अमेरिका आयात हुने सामानमा पाँचदेखि २५ प्रतिशत कर वृद्धिको तयारीमा जुटेको थियो। मेक्सिकोबाट हरेक वर्ष तीन अर्ब ५० करोड अमेरिकी डलर बराबरको सामान अमेरिका आयात हुने गरेको छ। रासस

कमेन्ट लोड गर्नुस