सुदूर नेपाललाई विश्वसँग जोड्दै

तोलामा तीन सयले घट्यो सुनको मूल्य

२०८१ साउन ११, ११:५० खबर संवाददाता

काठमाडौँः स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन सयले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला रु एक लाख ४५ हजारमा कारोबार भएकामा आजका लागि रु एक लाख ४४ हजार सात सय निर्धारण भएको छ।

तेजाबी सुन बिहीवार प्रतितोला एक लाख ४४ हजार तीन सयमा कारोबार भएकामा आज एक लाख ४४ हजार निर्धारण भएको छ। यस्तै, चाँदीको मूल्य तोलामा २० ले घटेको छ। बिहीवार प्रतितोला एक हजार सात सय ५० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार सात सय निर्धारण भएको छ।

कमेन्ट लोड गर्नुस