सुदूर नेपाललाई विश्वसँग जोड्दै

संविधानको पालना र नागरिक स्वतन्त्रताको माग गर्दै खबरदारी

२०७६ जेठ २५, ०६:२१

संविधानको पालना तथा नागरिक स्वतन्त्रताको माग गर्दै मानवअधिकारकर्मी, नागरिक समाजलगायतले खबरदारी गरेका छन्। लोकतन्त्रका लागि नागरिक अभियानमा शनिबार माइतीघर मण्डलामा नागरिक स्वतन्त्रताको सम्मान, सुशासनको प्रत्याभूति, प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता गर्न, मानवअधिकार आयोगमाथिको हस्तक्षेप बन्द गर्न तथा न्यायलयको स्वतन्त्रता कायम गर्न माग गरेका थिए। 

लोकतन्त्रलाई खुम्चाउने सरकारको कार्यशैलीको विरोधमा खबरदारी गरिएको बताउँदै अधिवक्ता ओम प्रकाश अर्यालले लोकतन्त्रलाई खुम्चाउने, संविधान, लोकतन्त्र, स्वतन्त्र न्यायपालिका, मानवअधिकार, प्रेस स्वतन्त्रता र प्राज्ञिक संस्थाहरुको आधारभूत मूल्य मान्यता विरुद्धमा सरकारले विधेयकहरु ल्याउने काम गरेकाले विरोधमा उत्रनुपरेको बताए।

यस्तै संविधान कार्यान्वयनमा सक्रिय हुनुपर्ने सरकार स्वयं नै संविधानलाई घेराबन्दीमा पारेर जनताको अधिकारहरु सीमित र नियन्त्रित गर्ने हस्तक्षेपकारी भूमिकामा देखिएको भन्दै वरिष्ठ पत्रकार हरिहर विरहीले तत्काल संविधान विपरीतका कार्य बन्द गर्न चेतावनी दिए।

मानवअधिकार आयोगसम्बन्धी विधेयक, मिडिया काउन्सिल विधेयक लगायतका विधेयकहरु सरकारले संविधान विपरीत ल्याउने काम गरेको भन्दै अधिकारकर्मी, सञ्चारकर्मी तथा नागरिक समाजले विरोध गर्दै आइरहेका छन्।  

कमेन्ट लोड गर्नुस