सुदूर नेपाललाई विश्वसँग जोड्दै

सौरभ चौधरीको निर्देशनमा चलचित्र ’कर्मा’ बन्ने

२०८१ साउन १०, ०७:०१ खबर संवाददाता

काठमाडौँः  निर्देशक सौरभ चौधरीले नयाँ फिल्म ’कर्मा’ निर्देशनको घोषणा गरेका छन्।

बिहीवार थिम पोस्टर सार्वजनिक गर्दै यो फिल्म निर्माणको घोषणा गरिएको हो। सार्वजनिक थिम पोस्टर हेर्दा युद्ध लड्न हिँडेका सिपाहीलाई देख्न सकिन्छ।

एक्सन जनरामा निर्माण हुने फिल्मको कथा पनि निर्देशक चौधरी स्वयंमले लेखेका हुन्। निर्देशक चौधरीको यो तेस्रो प्रोजेक्ट हो। तीन वर्षअघि उनी निर्देशित ’लभ डायरिज’ रिलिज भएको थियो।

गतवर्ष फागुनमा प्रदर्शनमा आएको फिल्म ’अगस्त्यः च्याप्टर–१’ बाट उनले तारिफ पाएका थिए। फिल्मको टाइटल घोषणासँगै निर्देशक चौधरीले फिल्मको स्क्रिप्ट बलियो रहेको बताए। उनले तोकिएको बजेटभित्र उत्कृष्ट काम निकाल्ने प्रयास रहने बताए।
 

कमेन्ट लोड गर्नुस