सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा भीरबाट लडेर यार्सा संकलकको मृत्यु

२०७६ जेठ २५, ०१:०२ खबर संवाददाता

बझाङमा भीरबाट लडेर यार्सागुम्बा संकलकको मृत्यु भएको छ। जिल्लाको बुङ्गल नगपालिका–२ बुँरोसे लेकमा यार्सा टिप्ने भीरबाट खस्दा छबिस पाथीभेरा गाउँपालिका–७ बुडखोरीका करिब ४० वर्षीय कटक धामीको मृत्यु भएको हो। बिहीबार भीरबाट खसेका धामीको शुक्रबार मात्र शव फेला परेको थियो।

यही वर्ष मात्र यार्सागुम्बा टिप्ने क्रममा भीरबाट खस्दा बुडखोरीका २ जनाको ज्यान गएको छ। गएको बैशाखमा हिउँबाट चिप्लिएर बुडखोरीकै चन्द्रा धामीको ज्यान गएको थियो। 
 

कमेन्ट लोड गर्नुस