सुदूर नेपाललाई विश्वसँग जोड्दै

भीषण हावाहुरीको ४० घण्टाः कसैबाट राहत पाएनन पीडितले, स्थानीय र प्रदेश सरकार मौन

२०७६ जेठ २५, १२:२५ खबर संवाददाता

कैलाली र कञ्चनपुर जिल्लामा बिहिवार साँझको हावाहुरीले करोडौँको क्षती पुगाएपनि अहिले सम्म पीडितले पनि राहत नपाएको गुनासो गरेका छन। हावाहुरी क्षती पुगाएको ४० घण्टा वितिसक्दा समेत स्थानीय, प्रदेश र संघीय सरकारबाट पीडितले राहत नपाएको गुनासो गरेका हुन। गोदावरी नगरपालिका धनचौडीका दिलराज भट्टराईले राहत त परै जावस अहिले सम्म क्षतीको विवरण संकलनका लागि समेत कोही नआएको गुनासो गरे।’ क्षती संकलनका लागि पटक–पटक बोलाउदा समेत कोही आएको छैन।’ उनले बताए।धनगढीमा सबैभन्दा बढि वडा नम्वर ७ मनहेरा क्षेत्रमा क्षती पुगेको प्रहरीले जनाएको छ। तर मनहेरा शिविरका स्थानीय कृष्ण चौधरीले घरवार पुरै हावाहुरीले लगेपनि राहतका लागि कोही पनि नआएको बताए। 

जिल्लामा राहत वितरणका लागि सहायक प्रमुख जिल्ला अधिकारी मोहन जोशीको अध्यक्षतामा जिल्ला विपद व्यवस्थापन समितिले उप समिति गठन गरेको छ। तर उप समितिका अध्यक्ष जोशीले भने अहिले सम्म रेडक्रसबाट आएको एक सय २० वटा त्रिपाल मात्रै वितरण गरिएको बताए। उनले अहिले पनि क्षतीको विवरण संकलन जारी भएकाले राहत वितरणमा केन्द्रित हुन नसकेको बताए। यता तत्काल राहतको कार्यक्रम ल्याउने बताएको प्रदेश सरकारले अहिले सम्म राहतको योजना समेत ल्याउन सकेको छैन। २ नम्वर प्रदेशमा हावाहुरीबाट क्षती हुँदा दोश्रो दिन नै मन्त्रीपरिषदको बैठक बोलाएर एक करोड राहत सहयोग गरेको प्रदेश सरकारले अहिले आफनै प्रदेशमा विपद पर्दा केहि गर्न नसकेको हो। हावाहुरीकै कारण ज्यान गुमाएका २ जनाका परिवारलाई समेत अहिले सम्म राहतको व्यवस्थापन भएको छैन। 

यता स्थानीय सरकार भने अहिले पनि क्षतीको विवरण संकलनमै रहेको बताईरहेका छन। धनगढी उप–महानगरपालिकाका प्रवत्ता सन्तोष मुडभरीले क्षतीको विवरण संकलन भईरहेको तर राहत वितरण नभएको स्विकार गरे। 
 

कमेन्ट लोड गर्नुस