सुदूर नेपाललाई विश्वसँग जोड्दै

लोकसेवा आयोगको मुद्दामा फरार रहेका एक जना पक्राउ

२०८१ साउन ९, ०४:२० खबर संवाददाता

अछामः अछाममा एक जना फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्लाको मेल्लेख गाउँपालिका–३ का २५ वर्षीय मनराज कामी पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार उनी लोकसेवा आयोग ऐन २०७९ सम्बन्धी कसुर मुद्दामा दोषी ठहरीएका थिए। कञ्चनपुर जिल्ला अदालतको उक्त फैसलापछि उनी फरार रहेका थिए।

उनलाई मंगलवार (हिजो) इलाका प्रहरी कार्यालय साँफेबगरको टोलीले उनकै घरबाट पक्राउ गरेको हो। अछाम प्रहरीका अनुसार कामीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइएको छ।
 

कमेन्ट लोड गर्नुस