कैलालीबाट लागूऔषधसहित दुइ जना पक्राउ
२०८१ साउन ९, ०१:३९
धनगढीः कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।
जिल्लाको टीकापुर नगरपालिका–१ भुपुसैनिक चोकबाट २ सय ८० मिलिग्राम लागुऔषधसहित मंगलबार राति २ जना पक्राउ परेका हुन्।
बर्दगोरिया गाउँपालिका–२ बौनियाका २५ वर्षीय सुमन थारू र १९ वर्षीय यमबहादुर चौधरीलाई लागुऔषधसहित इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
कमेन्ट लोड गर्नुस