सुदूर नेपाललाई विश्वसँग जोड्दै

यूएईका सडकमा प्रदर्शन गर्ने ५० बढी बंगलादेशीलाई आजीवनदेखि १० वर्षसम्मको जेल सजाय

२०८१ साउन ८, ११:१९

काठमाडौः युनाइटेड अरब इमिरेट्सको अदालतले आफ्नो मुलुकको शान्तिमा दखल दिएको भन्दै ५० भन्दा बढी बंगलादेशी नागरिकलाई आजीवनदेखि १० वर्षसम्मको जेल सजाय सुनाएको छ।

बंगलादेशको आरक्षण विरोधी प्रदर्शन गरेर युएईको कानुनलाई उलंघन गरेको त्यहाँको अदालतले ठहर गरेको छ। अबुधाबी फेडरल कोर्ट अफ अपिलले आन्दोलनका लागि उत्तेजना फैलाएको भन्दै तीनजनालाई आजीवन कारावास, ५३ जनालाई १० वर्षको जेल र अर्का एक जनालाई ११ वर्षको जेल सजाय सुनाएको हो।उनीहरू बंगलादेशको सरकारविरुद्ध युएईका सडकमा उत्रिएका थिए।

जेलजीवन काटेपछि उनीहरुलाई आफ्नै देशमा फिर्ता गरिने अदालतले जनाएको छ ।यूएईमा राजनीतिक पार्टी र लेबर युनियनलाई कानुनले वर्जित गरेको छ।
 

कमेन्ट लोड गर्नुस