सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको सबै क्षेत्रमा विद्युत सुचारु हुन दुई साता लाग्ने

२०७६ जेठ २४, ०६:१४ खबर संवाददाता

कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा हावाहुरीका कारण एक हजार बढि पोल ढलेपछि सिङगो सुदूरपश्चिम विद्युत विहिन भएको छ। विद्युत प्राधिकरण सुदूरपश्चिमका अनुसार कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न स्थानमा हावाहुरीका कारण हजार बढि पोल ढलेका छन्। कञ्चनपुरमा पाँच सय पोल ढलेका छन् भने कैलालीमा त्यो भन्दा बढि पोल ढलेको प्राधिकरणले जनाएको छ। 

हावाहरीको कारण पोल ढलेपछि सुदूरपश्चिमका सबै जिल्लामा बिहीबार साँझदेखि विद्युत सेवा अवरुद्ध भएको छ। आज क्षती संकलनमै समय लाग्ने भएकाले मर्मतको कार्य धेरै स्थानमा भोली देखि मात्रै सुरु हुने विद्युत प्राधिकरण सुुुुदूरपश्चिमका प्रमुख सतिश कर्णले बताए। उनले रुख ढलेपछि तार र पोलमा ठुलो क्षती भएको जनाए।

सुरुमा शहरी क्षेत्रमा विद्युत सुचारु गर्ने प्रयास भईरहेले केही स्थानमा भने छिट्टै विद्युत सुचारु हुने कर्णको भनाई छ। ठुलो नोक्सानी भएकाले विद्युत मर्मतका लागि पनि बजेट धेरै लाग्ने देखिएको छ। यद्यपी बजेटपछि अनुमोदन हुने र अहिले मर्मतको कार्य अगाडी बढाउन निर्देशन भईसकेको विद्युत प्राधिकरण सुदूरपश्चिमले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस