सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मोटरसाइकलको ठक्करबाट एक वृद्ध घाइते

२०८१ साउन ७, ०८:५३ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक वृद्ध घाइते भएका छन्।

धनगढी–३ बडारामा मोटरसाइकलले साइकलमा सवार रहेका एक वृद्धलाई ठक्कर दिँदा आइतवार साँझ घाइते भएका हुन्।

मोटरसाइकलको ठक्करबाट सोहि ठाउँका ६० वर्षीय दिनेश शर्मा घाइते भएका हुन्। घाइते वृद्धको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक फरार रहेका छन्। उनको परिचय समेत खुलेको छैन्। मोटरसाइकल र चालकको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस