सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको बर्दगोरीयामा एक गोठमा आगलागी

२०८१ साउन ६, ०८:०९ खबर संवाददाता

धनगढीः कैलालीको बर्दगोरीया गाउँपालिका–४ निम्बुबोझीमा एक जनाको गोठमा आगालागी भएको छ।

बर्दगोरीयाकामा एक गोठमा मच्छर धपाउन बालेको आगो परालमा सल्किन गई आगलागी भएको हो। आगलागीबाट मानवीय तथा पशुचौपायमा भने कुनै क्षती नभएको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ।

प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार आगलागीबाट अन्दाजी दुई लाख बराबरको क्षती भएको छ। घटनाको पुर्ण विवरण भने आएको छैन्।
 

कमेन्ट लोड गर्नुस