सुदूर नेपाललाई विश्वसँग जोड्दै

हावाहुरीले सयौं पोल ढले, सुदूरपश्चिमको बिद्युत सेवा अबरुद्ध

२०७६ जेठ २४, ११:३६ खबर संवाददाता

कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा हावाहुरीका कारण सयौं पोल ढलेका छन्। अहिले क्षतिको बिबरण संकलन गरिरहेको बिद्युत प्राधिकरण सुुुुदूरपश्चिमका प्रमुख सतिश कर्णले बताए। सबैैभन्दा बढी धनगढीमा क्षति भएको धनगढी बितरण केन्द्रका प्रमुख धिरेेेन्द्र कुुमार यादबले बताए।

लगातारको हावाहरीको कारण सुदूरपश्चिमका सबै जिल्लामा बिहीबार साँझदेखि विद्युत सेवा अवरुद्ध भएको छ। आज क्षती संकलनमै समय लाग्ने भएकाले मर्मतको कार्य भने भोलीदेखि मात्रै सुरु हुने उनले बताए। सोही कारणले आज नै कुनै पनि ठाउँमा विद्युत सुचारु नहुने यादवले बताए। 

 

 

कमेन्ट लोड गर्नुस